२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त

२३ चैत, काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त हुनुभएकाे छ । चैत २३ गते बसेको कम्पनीको संचालक समितिको बैठकले बजाजलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा कम्पनीको संस्थापक सेयरधनी रहनुभएका लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधि गर्ने बजाजलाई आजकै मितिदेखि लागू हुनेगरी कम्पनीको अध्यक्षमा चयन गरिएको हो ।

यसअघि कम्पनीका अध्यक्ष शुलभ अग्रवालले राजिनामा दिनुभएकाे थियाे ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार १७:०४