१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एनएमबी बैंकले गर्याे बेलायतबाट १ करोड ५० लाख डलर कर्जा संझौता

२ फागुन, काठमाडौं । एनएमबि बैंकले बेलायतको सिडिसि ग्रुपसँग १ करोड ५० लाख अमेरीकी डलर कर्जा लगानीको सम्झौता गरेको छ । सिडिसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था जसले सव–साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।

सिडिसीले एनएमबी बैंकको स्थलगत भ्रमणमार्फत बैंकको योजना, क्षमताको समीक्षा लगायतका पक्षको विस्तृत अध्ययन गरी लगानीका लागि प्रतिवद्वता जनाएको छ । एनएमबि बैंकले सिडिसि ग्रुपसहित तीन वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लागानी भित्र्याइसकेको छ र यस्तो कर्जा लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार १०:४४