२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

सभामुखमा डीपी अर्याल निर्विरोध

२० चैत, काठमाडौं । सभामुखमा सांसद डीपी अर्याल निर्विरोध हुनुभएकाे छ। यद्धपि, उहाँ निर्वाचित भएको घोषणा हुन बाँकी छ । दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन हुनुभएकाे हाे ।

संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो। अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल हुनुहुन्छ । अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले औपचारिक रुपमा अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गर्नेछ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १४:५१