नेकपाले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
२० चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने र रास्वपालाई समर्थन गर्ने बताउनुभयाे । ‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ । त्यसमा हाम्रो समर्थन रहन्छ,’ दुलालले भन्नुभयाे ।
रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसक्नुभएकाे छ । नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी गरेको छ ।
प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १३:३५













