२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

दोर्दी खोला जलविद्युतले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

२० चैत, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने प्रस्ताव  अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ०९:१३