२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

एक बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

२० चैत, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आवका लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै गत पुस २१ गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । बैंकले चैत १८ गतेदेखि उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ०९:०८