‘घेराबन्दी’मा पर्यौँ भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयोः सुरेन्द्र पाण्डे
२० चैत, काठमाडाैँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पनि पार्टीको कार्यबाहक अध्यक्ष समेत रहनुभएको पार्टी संसदीय दलको नेता रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिको निन्दा गर्नुभएको छ । फेसबुक मार्फत उहाँले बादलको अभिव्यक्तिको निन्दा गर्दै ‘घेराबन्दी’मा पर्यौं भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भएको बताउनुभएको छ ।
यस्तो छ पाण्डेको विचार
हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै दोष अरूलाई! हामी पनि दोषी छौं – यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? अब यो ‘घेराबन्दी’मा पर्यौं भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ-आफ्ना एजेन्डा मात्र हुन् ।आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौं। २३/२४ छानबिन हुनुपर्छ – तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ०८:४६













