२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

राष्ट्रियसभाको उपाध्यक्ष चयन गर्न चैत २३ गते निर्वाचन

१९चैत, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि चैत २३ गते निर्वाचन हुने भएको छ।  बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोक्नुभएको हो ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको उहाँले बताउनुभयो । उपाध्यक्ष चयनका लगि २२ गते आइतबार मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्ममा मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १७:४५