२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

सुपरमाई हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

१९ चैत, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको बोनस सेयर पश्चात् चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

 हकप्रद निष्कासनको लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति माग्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १०:१५