आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
१८ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार नेप्से ७४.७३ अंले घटेर २७७६.३६ को बिन्दुमा बन्द भएको छ । यस दिन १३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ ।
आज ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल रि–इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूले यस दिन सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ । त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.२८ प्रतिशत, नेशनल हाइड्रोपाव्को ७.१७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १५:२१













