सूर्योदय वोमी लघुवित्तमा कामु प्रमुखको जिम्मेवारीमा प्रमेश आचार्यलाई
१८ चैत, काठमाडौं । सूर्यादेय वोमी लघुवित्तले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई तोकेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको हो ।

वर्तमान प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीको पदावधि आज बुधबार सकिँदैछ । आचार्यले चैत्र १९ गतेदेखि काम प्रमुख कार्यकारीको जिम्मेवारीमा काम गर्नुहुने छ ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १४:१७













