१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

सार्वभौम देशमाथि विदेशी हस्तक्षेप मान्यहुँदैन: प्रधानमन्त्री ओली 

१ फागुन, काठमाण्डौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम देशमाथि विदेशी हस्तक्षेप मान्य नहुने बताएका छन् । बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्वभौम र स्वतन्त्र देश नेपालको अन्तर्राष्टिय सम्बन्ध बिगार्न खोज्ने कसैको प्रयास पनि सफल नहुने दाबी गरेका छन् ।

नेपालको परराष्ट्र नीति स्पष्ट र पारदर्शी रहेको भन्दै अाेलीले पारदर्शी ढंगले नै अन्तर्राष्ट्रिय मञ्च र छिमेकी देशसँगको सम्बन्ध कायम रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कहीँ कतै कुनै देशमा आन्तरिक समस्या रहेको छ भने त्यो देशको समस्या त्यहीँका नागरिकले समाधान गर्ने भन्दै त्यसमा बाह्य हस्तक्षेप हुनु उचित नहुने बताएका हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १७:००