याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?
१८ चैत, काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरिएको हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि कुल २ लाख १० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आइपीओमा कुल ८३ हजार ४२० जनाको कुल १० लाख ९६ हजार ५४० कित्ताका लागि आवेदन परेको थियो ।
जसमध्ये ६ जना आवेदकको कुल ७० कित्ताा लागि परेको आवेदन बदर भएको छ भने कुल सदर भएको ८३ हजार ३९६ जनाको १० लाख ९६ हजार २९० कित्तामा परेको आवेदनमध्ये २१ हजारले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी रहेका ६२ हजार ३९६ जनाको हात रित्तो भएको छ ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १०:१७













