सूर्यज्योति लाइफको ५ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
१८ चैत, काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहबाट कुल ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँ निर्धारण गरिएको छ । यी सेयरहरूमा लगानी गर्न चाहने योग्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूलाई आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
इच्छुक आवेदकले बोलपत्र पेश गर्दा सम्पूर्ण ५ लाख कित्ताकै लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्ने अवधि चैत २५ गतेसम्म रहेको छ । काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ०९:१७













