२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

झन्डै दोब्बरले बढ्यो इन्धनको मूल्य

१७ चैत, काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढाएको छ ।  मंगलबार मूल्य समायोजन गर्दै निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै तर्फको उडानमा दोब्बर  मूल्य वृद्धि गरेको हो ।

हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा एक हजार ७८५ डलर पुगेको छ भने पोखरामा एक हजार ७३२ डलर पुगेको छ र भैरहवामा एक हजार ७१६ डलर पुर्‍याइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार २३:४२