१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

सन नेपाल लाइफका सीईओमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

१७ चैत, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्यालमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप भएकाे छ ।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीईओ अर्याललाई पक्राउ गरेको थियो । सीईओमाथि थप अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद थप गरेकाे हाे ।

सीआईबीले अर्याललाई सेयरसम्बन्धी किर्ते तथा ठगीको आरोपमा नियन्त्रणमा लिएको हो। अर्यालले संस्थामा कार्यरत कर्मचारीहरूलाई छुट्याइएको सेयर बाँडफाँडसम्बन्धी विवरण नियामक निकायमा पेश गर्दा फरक–फरक विवरण पेस गरेको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १७:१४