नेप्सेमा दोहोरो अंकको सुधार, ११ अर्ब ११ करोडको कारोबार
१७ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १९.७० अकंले बढेर २८५१.०९ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।
यस दिन १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य यस दिन स्थिर रहेको छ । रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४८ करोड ४८ लाख ४६ हजार रुपैँया बराबरको कारोबार भएको छ ।
मंगलबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन सुपर खुदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, भुजुङ् हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १५:३७













