नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?
१७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, महालक्ष्मी विकास बैंक र महुली लघुवित्तको बोनस सेयर सूचीकृत भएको हाे ।
नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको १७ लाख ७८ हजार १२७.८६ कित्ता, प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस बापतको १ करोड ५५ लाख २२ हजार ०६०.५७ कित्ता, महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस बापतको १ लाख ७५ हजार ७१३.६६कित्ता, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस बापतको २१ लाख ४८ हजार २२९.०७९० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १५:३२













