१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१७ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १९।७० अकंले बढेर २८५१।०९ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।

यस दिन १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य यस दिन स्थिर रहेको छ । रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४८ करोड ४८ लाख ४६ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनीको ४० करोड ३८ लाख ९३ हजार रुपैँया, एनआएन इन्फ्रास्ट्रक्चरको ३७ करोड ८७ लाख ३२ हजार रुपैँया, एसवाइ प्यानल नेपालको ३७ करोड ४६ लाख ३ हजार रुपैयाँ, कुमारी बैंकको ३५ करोड ९० लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १५:२६