१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

६ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१७ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १९।७० अकंले बढेर २८५१।०९ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।

यस दिन १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य यस दिन स्थिर रहेको छ । मंगलबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस दिन सुपर खुदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, भुजुङ् हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १५:२३