१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता, कसैको प्रभावमा नपरी काम गर्न निर्देशन

१७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट भएको हो ।

भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कसैको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १२:५९