सरकारका ढाडेहरूलाई डोकोमा राखेर भिरबाट फाल्ने सूर्य थापाको चेतावनी
१७ चैत, काठमाडाैँ । नेकपा एमालेका नेता सूर्य थापाले सरकारमा रहेका ढाडेहरूलाई भोलिका दिनमा डोकोमा राखेर भिरबाट फाल्ने चेतावनी दिनुभएको छ । मंगलबार बिहान फेसबुकबाट थापाले यस्तो चेतावनी दिनुभएको हो । उहाँले डोको भने सुरक्षित राखिदन वर्तमान सरकारलाई अनुरोध गर्नुभएको छ।

थापाले भन्नुभएको छ, ‘कठपुतली सरकारका बचकना काम र फासिस्ट हर्कतलाई एकदम नजिकबाट नियालिरहेका छौं । डोको सुरक्षित राख्नुहोला महाशय,जसमा यी ढाडेहरूलाई भिरबाट फालिने छ !’

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ०८:३८













