ज्यान मुद्दामा काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ
१७ चैत, काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई केहीबेरअघि पक्राउ गरेको हो । जेन्जी विद्रोहको सयमा उहाँ काठमाडौँको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

सरकारले गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयनको क्रममा ज्यान मुद्दामा अनुसन्धान गर्न रिजाललाई पक्राउ गरेको हो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसक्नुभएको छ ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ०८:२५













