१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान

१६ चैत, काठमाडौँ । रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबार दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो।

अधिवेशन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ। विज्ञप्तिमा सो निर्णय मन्त्रिपरिषद्को सिफारिसका आधारमा गरिएको उल्लेख छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १९:१३