१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ

१६ चैत, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ पर्नुभएकाे छ । अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमडौंको पुतलीसडकबाट पक्राउ गरेको हो ।

सीआईबीले अर्याललाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १७:५८