१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

केपी ओलीलाई हिरासतमुक्त गर्न प्रत्नी राधिकाले दिएको रिटमा आज सुनुवाइ हुँदै

१५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गर्न प्रत्नी राधिका शाक्यले दिएको प्रत्यक्षीकरणको रिटमा आज सोमबार सुनुवाइ हुँदैछ । शाक्यले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

जेन्जी विद्रोहमा मानवीयता समेत विर्सेर दमन गरेको अभियोगमा छानविन आयोगको सिफारिसमा ज्यान मुद्दामा शनिबार बिहान ओली गुण्डुबाट पक्राउ पर्नुभएको थियो । पक्राउ परे पनि ओली हिरासतमा नबसी त्रिवि शिक्षण अस्पतालमा उपचार गराइराख्नुभएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १०:३१