१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

एमाले सांसद रेखा शर्मा धुम्बाराहीबाट पक्राउ

१५ चैत, काठमाडाैँ । नेकपा एमालेकी नेता एवं लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मा पक्राउ पर्नुभएको छ । उहाँविरुद्ध बालबालिका सम्बन्धी अपराध गरेकाे कसुरमा काठमाडौ प्रहरी परिसरमा जाहेरी दर्ता भएको थियो ।

शर्माले काठमाडौस्थित घरमा एक १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछी काठमाडौ महानरपालिकाले बालिकाका उद्धार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले सांसद शर्मा विरुद्ध जाहेरी परेकाे यसअघि नै पुष्टी गरेकाे थियो ।

dainiki.com

सांसद शर्माकाे घरमा रहेकी बालिकामाथि श्रम शाेषणसँगै शारिरिक यातना समेत दिइएकाे जाहेरीमा उल्लेख छ । यसअघि गत माघ २८ गते घरमा बालश्रमिक राखेकी  शर्मालाई सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष हस्तक्षेपमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय भएपछि बालिकाको उद्धार गराउने काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह बालेनले दुःख प्रकट गर्दै सरी नानु भनेर फेसबुकमा टिप्पणी राख्नुभएको थियो । अहिले उहाँ प्रधानमन्त्री बनेको सय घण्टा नबित्दै प्रतिशोधको रूपमा पुरानै जाहेरीको आधारमा एमाले सांसद शर्मा पक्राउ पर्नुभएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार २३:५२