एमाले सचिव महेश बस्नेत भूमिगत, चार ठाउँमा प्रहरी परिचालन
१५ चैत, काठमाडौँ । प्रहरीले खोज्न सुरू गरेपछि एमाले सचिव महेश बस्नेत भूमिगत भएका छन । प्रहरीले केही घण्टादेखि बस्नेतको मोबाइलमा सम्पर्क गर्न खोजे पनि सम्पर्क हुनसकेको छैन । काठमाडौं उपत्यकाको चार स्थानमा प्रहरीले विशेष खोजी जारी राखेको स्रोतले बतायो ।
जानुका पाठकले दिएको जाहेरीको आधारमा बस्नेतलाई जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले पक्राउ गर्न खोजेको हो । यसअघि सत्ताको उपयोग गर्दै बस्नेत पक्राउ र अनुसन्धानबाट जोगिदै आएका थिए ।
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १९:५०














