१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न काठमाडौं प्रहरी परिसर पुग्यो

१५ चैत, काठमाडौं । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं जिल्ला प्रहरी परिसरलाई बुझाएको छ।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न बनेको उक्त आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

गृहमन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई दिएको थियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै उक्त प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रतिवेदन आइपुगेको बताउनुभयाे । ‘हामीलाई जाँचबुझ आयोगको प्रतिवेदन प्रतिवेदन आइपुगेको छ । त्यसै अनुसार कारबाही अघि बढाएका छौं,’ एसएसपी थापाले भन्नुभयाे ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ११:२७