सुनको मूल्य तोलामै ५ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
१५ चैच, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामै ५ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६७० रुपैयाँ थियो ।
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ११:१०













