४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

यातनाको सबै हद पार, पुलिसले सोधपुछको क्रममा अपराधीको घाँटीमा सर्प  बेरिदिए

१ फागुन, इन्डोनेशिया । अपराधीबाट वास्तविकता ओकल्न पुलिसले यातनाको सबै हद पार गर्दै अपराधीको घाँटीमा सर्प  बेरिदिका छन् ।इन्डोनेशियाको पपुवाअस्थित जायाविजाया जिल्लाका पुलिसले एक कथित चोरको घाँटीमा दुई मिटर लामो सर्प बेरेर सोधपुछ गरेका हुन् । यो भिडियो सोसल मिडियामा भाइरल भएपछि पुलिसले माफी मागेको छ ।

इन्डोनेशियाका मानव अधिकारकर्मीले वेस्टर्न न्यू गिनीमा सोधपुछका लागि सर्प प्रयोग गरेको घटनाको घोर विरोध गरेको छ । सोसल मिडियामा भाइरल भएका भिडियोमा नाङ्गो खुट्टा भएका, हात बाँधेका व्यक्तिलाई एक पुलिस अधिकारीले जिउँदो सर्प मुखमा तेर्साउँदै प्रश्न सोधिरहेको देख्न सकिन्छ । ती पुलिसले उक्त सर्प उनको मुखभित्र र पाइन्ट भित्र हालिदिने चेतावनी पनि दिइरहेका छन् । पछि, उक्त सर्प कथित मोबाइल चोरको घाँटीमा पनि बेरिदिएको देख्न सकिन्छ ।

स्थानीय पुलिस प्रमुख टोनी आनन्द स्वादयले यसबारे वक्तत्व जारी गर्दै सोधपुछमा सर्पको प्रयोग गरेकोमा माफी मागेका छन् । उनले मिडियाले उक्त घटनालाई अतिरञ्जित गरेको पनि आरोप लगाए । उनले सर्प विषालु नभएको र आरोपी खतरामा नभएको पनि स्पष्ट पारे ।एजेन्सी

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १०:४१