१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

मेलम्ची सुरुङको म्याद सुटुक्क थपियो, पानी आउन ढिला हुने


१३ चैत, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता मिति ०७४ चैत १२ सम्म रहेकोमा निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको छ ।

समितिले ७९ दिन थपिदिएर सुरुङ निर्माण सम्पन्न गर्ने मिति ०७५ जेठ ३१ पुर्याएको छ । सम्झौतानुसार निर्माण कम्पनीले काम गर्न नसक्दा पनि समितिले भने पटक पटक म्याद थपिदिँदै आएको छ ।

निर्माण कम्पनी सीएमसी डी–रेभेना इटलीको लापरबाहीका कारण मार्च र फेब्रुअरीमा मात्रै दुई हप्ता काम ठप्प भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार ०८:३९