१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

गृहमन्त्रीको छड्के लगत्तै पक्राउ परे बलात्कार आरोपी एमाले नेता मल्ल

१४ चैत, काठमाडाैँ । नेकपा (एमाले)का नेता कर्णबहादुर मल्ल बलात्कारको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार एक महिलाले मल्लविरुद्ध बलात्कार गरेको भन्दै गत चैत ५ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता गराएकी थिइन् । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सातदोबाटोको टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको हो।

मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई ललितपुर महानगरपालिका–१५ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, शनिबार नै गृहमन्त्री सुधन गुरूङले जिल्ला प्रहरी कार्यालय ललितपुर र इलाका प्रहरी कार्यालय सातदोबाटोको निरीक्षण भ्रमण गर्दै कानुन कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार १७:४९