पक्राउको विषय र प्रक्रिया मिलेन कानुनी र राजनीतिक प्रतिवाद हुन्छः विष्णु रिमाल
१४ चैत, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु रिमालले ज्यान मुद्दामा केपी शर्मा ओलीको पक्राउको विषयमा कानुनी र राजनीतिक प्रतिवाद हुने जानकारी दिनुभएको छ । फेसबुक मार्फत उहाँले पक्राउको विषय र प्रक्रिया नमिलेको दाबी पनि गर्नुभएको छ ।

यस्तो छ रिमालको टिप्पणी
निन्दनीय काम!
कुनै घटना घट्यो, घटनामा संलग्न व्यक्ति फरार हुने वा प्रमाण नस्ट हुने अवस्थामा जरूरी पक्राउ पूर्जी जारी हुने हो।
अहिले कुनै घटना घटेको छैन।
त्यस्तो अवस्था हैन।
कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरेको हो भने
यो केस “जरूरी पक्राउ पूर्जी जारी गर्ने” हॅुदै हैन !
बिषय मिलेन,
प्रकृया पनि मिलेन,
पक्राउ पूर्जी गैर कानुनी छ।
सरकार प्रतिशोधमा उत्रियो!
कानुनी र राजनीतिक प्रतिवाद हुन्छ।
प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०८:५२













