१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

बैंकबाट निकाल्नेबित्तिकै भूकम्पपीडितको रकम लुटियाे 

१ फागुन, काठमाडौं । सिन्धुपाल्चोकका भूकम्पपीडित दानबहादुर श्रेष्ठले १ लाख आवास अनुदानबापतको रकम बैंकबाट निकाल्नेबित्तिकै लुटिएको गुनासो गरेका छन् ।  जुगल गाउँपालिका–१ का श्रेष्ठले आवास अनुदानको रकम राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, मेलम्चीबाट निकाल्नेबित्तिकै मंगलबार दिउँसो लुटिएको गुनासो गरेका छन् ।

अन्तिम किस्ताबापतको १ लाख रुपैयाँ झिकेर बैंक बाहिर आउनासाथ जलवीरेका एक युवाले रकम लुटेको उनको भनाइ छ । यसबारे प्रहरीमा अहिलेसम्म उजुरी नपरेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले पीडितको उजुरी आएपछि घटनाबारे अनुसन्धान गर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १०:२१