१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

केपी ओली बिनानै सचिवालय बैठक बस्दै एमाले

१४ चैत, काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले मुख्यालय च्यासलमा पार्टी सचिवालय बैठक बोलाइएको छ ।

अहिले निबार बिहान ८ः ३० बजे बैठक बस्न लागेको हो । गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार सरकारले ओलीलाई पक्राउ गरेर ज्यान मुद्दामा कारबाही अघि बढाएपछि एमालेले आन्दोलनका कार्यक्रम तय गर्न बैठक बोलाएको हो ।

ओलीबिना कुनै पनि बैठक नबसेको एमालेले पहिलो पटक ओली बिनानै सचिवालयको बैठक गरेको छ । पिताको निधनमा किरियामा बस्दा समेत ओलीको निवासमै लगेर बैठक गरी एमालेले ओलीलाई बैठकमा सहभागी गराउँदै आएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०८:०५