प्रतिशोध र धरपकडले भलो गर्दैनः निलाम्बर आचार्य
१४ चैत, काठमाडाैँ । संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गर्नुभएको छ । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ । प्रतिशोध र धरपकडले भलो गर्दैन ।’ प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचक्क्राईं गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको छ ।
प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०७:५३














