१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

कांग्रेस र एमालेको सम्भावित प्रदर्शन रोक्न प्रहरीमा उच्च सतर्कता

१३ चैत, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको सम्भावित प्रदर्शन रोक्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उच्च सतर्कतामा राख्न सर्कुलर जारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेपछि दलहरूका तर्फबाट हुनसक्ने सम्भावित प्रदर्शन रोक्नका लागि प्रहरीलाई उच्च सतर्कतामा राखिएको हो ।

शुक्रबार नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसँग करिब २ घण्टा छलफल गर्नुभएको थियो । त्यस लगत्तै दुबै संगठनले आफ्नो संयन्त्रमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाँदा एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सम्भावना रहेको छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वय भए ओली र लेखक ढिलामा आइतबार साँझ सम्ममा प्रक्राउ पर्नेछन ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार २३:१६