१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

भारतका विदेशमन्त्री डा जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

१३ चैत, काठमाडौँ । भारतका विदेशमन्त्री डा एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

विदेशमन्त्री डा जयशङ्करले आज सामाजिक सञ्जालमार्फत उहाँलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उहाँसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १७:१६