१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ हुँदै, अब रोजगारी नपाए जीवन निर्वाह भत्ता

१ फागुन, काठमाडौँ । सरकारले इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नका लागि ल्याउन लागेकाे प्रधानमन्त्री राेजगार कार्यक्रम शुभारम्भ हुँदै छ । वर्तमान सरकारकाे सबैभन्दा महात्वकांक्षी र लाेकप्रिय कार्यक्रम मानिएकाे यसकाे अाज १२ः३० बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिएका छन ।

यस कार्यक्रमले अनुसार यो कार्यक्रमले विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गरेको छ । यद्यपि वेराेजगारलाई रोजगारी दिलाउने नै सरकारकाे पहिलाे प्राथमिकता हुनेछ । बेरोजगार युवाले आफ्नो स्थानीय तहका रोजगार सूचना केन्द्रमा आफ्नो व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ । जसका लागि मन्त्रालयले सबै स्थानीय तहमा राेजगार अधिकृतकाे भर्ना प्रकिया सुरु गरिसकेकाे छ ।

यस्तो छ प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्नुहोस् संक्षिप्त विवरण ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ०९:२५