नेकपाको मुख्यालय धुम्बाराहीमामा जनयुद्ध दिवस मनाइँदै, व्यस्तताले ओली जान नभ्याउने
१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्यालयमा आज जनयुद्ध दिवस मनाइँदै छ । तत्कालीन नेकपा माओवादी केन्द्रले मनाउँदै आएको यस दिवस नेकपा एमालेसँग एकीकरण भएर बनेको सिंगो नेकपाले नै मनाउन लागेको हो । बिहान १० बजे नेकपा मुख्यालय धुम्बाराहीमा हुने कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेता सहभागी हुँदैछन ।
आजै प्रधानमन्त्री रोजगार कार्यको कार्यक्रमको घोषणा हुने भएकाले त्यसको व्यस्तताले प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुन नपाउने भएका छन । मध्यान्ह १२ बजे प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछन ।

नेकपाले न्यानरमा भने जनयुद्ध दिवसमात्र नभनेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ कार्यक्रम राखिएको छ । महासचिव विष्णु पौडेलले केही दिनअघि जनयुद्ध दिवस मनाउन सर्कुलर गरेपछि नेकपाका सबै संरचनाहरुले जनयुद्ध दिवस मनाउने तयारी गरेका छन ।
प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ०८:४९












