कांग्रेस सभापति गगन थापाले दिए प्रधानमन्त्री बालेनलाई बधाई
१३ चैत, काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिनुभएकाे छ । प्रधानमन्त्री बालेनकाे शपथपछि सभापति थापाले बधाई दिनुभएकाे हाे ।
‘नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उहाँले भन्नुभएकाे छ, ‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना।’
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १४:३७














