१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

प्रधानमन्त्री शाहलाई ओलीले दिए बधाई

१३ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री शाहलाई पूर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिनुभएको हो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ उहाँले लेख्नुभएको छ ।

प्रधानमन्त्री शाहले आज शपथ लिइसक्नुभएको छ भने आजै पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १४:१७