बालेनको मन्त्रिपरिषद्मा सुधन गुरुङलाई तेस्रो वरीयता
१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले रहनुभएकाे छ भने सुधन गुरुङलाई तेस्रो वरीयता दिइएको छ।
वाग्ले अर्थमन्त्रीमा नियुक्त हुनुभएकाे छ भने गुरुङ गृहमन्त्री हुनुभएकाे छ । प्रचलन अनुसार सामान्यतः पहिले मन्त्री भइसकेका वरीयता माथि हुने प्रावधान छ।
गुरुङपछि परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल,स्वास्थ्य मन्त्री निशा मेहताको वरीयता छ।
यस्तै, सञ्चारमन्त्री विक्रम तिमल्सिना,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानूनमन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दिपक साह र महिला बालबालिका मन्त्री सीता वादीको वरीयता छ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १३:०८














