१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री

१३ चैत, काठमाडौं ।  बालेन नेतृत्वको सरकारमा स्वास्थ्यकर्मीसमेत रहनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने हुनुभएको छ । समानुपातिकतर्फबाट सांसद बन्नुभएकी मेहता सुनसरी इनरुवाकी हुन् ।

स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उहाँ आबद्ध रहनुभएको थियो । उहाँ अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा पर्नुभएको थियो । तर, सांसद बन्न सक्नुभएको थिएन् ।

यसपटक उहाँ समानुपातिक सूचीबाट सांसद बन्नुभयो । मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गर्नुभएको थियो । सांसद बन्नुअघिसम्म पनि उहाँ आफ्नो पेशामा सक्रिय हुनुहुन्थो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ११:५५