सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता सेयर बिक्रीमा
१३ चैत, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
हालका लागी सो सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्ने कम्पनीले जनाएको छ । इच्छुक सेयरधनीले आजको ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा बोलपत्र पेश गर्नु पर्नेछ ।
साथै, तोकिएको समयभित्र सा सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ११:३३














