बालेन नेतृत्वको सरकारमा को-को बन्दैछन् मन्त्री ?
१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ। रास्वपाले अर्थमन्त्रीमा डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाललाइ नियुक्त गर्ने निश्चित भएको रास्वपा स्रोतले जनाएकाे छ ।
ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ र गृहमन्त्रीमा सुदन गुरूङ र प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्री बनाउने निश्चित भएको जनाइएकाे छ । यसैगरी, कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ । सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुभएकाे छ ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १०:२१














