नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?
१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे ६८ लाख ९६ हजार ७४४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको कुल कित्ता सेयरमध्ये सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हाे ।
नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको सेयर आगामी आइतबारबाट कारोबारमा आउनेछ ।
प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १७:२६














