एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने
१२ चैत, काठमाडौ । नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने बताइएको छ ।
प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १३:३२














