१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

नयाँ इतिहास रच्ने कि पुरानै दोहोर्याउने रास्वपा सरकारको हातमा छः बाबुराम भट्टराई

१२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले जेनजी आन्दोलनबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको जिम्मा रास्वपा सरकारको हातमा भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा। भट्टराईले प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्याउने अब बन्ने रास्वपा सरकारको हातमा भएको जनाउनुभएको छ ।

प्रतिवेदन अध्ययन गर्दा भदौ २३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिएको र टीओबी समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको पाएको उहाँले उल्लेख गर्नुभएको छ ।

त्यसैगरी, भदौ २४ गतेको घटनामा राज्यका सबै अङ्गहरू असफल भएको प्रतिवेदनले स्पष्ट पारेको भट्टराईले बताउनुभयो ।  उहाँले लेख्नुभएको छ, ‘२३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ । टीओबी समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको देखिन्छ। २४ गते राज्यका सबै अङ्गहरू कोल्याप्स भएको प्रस्ट बुझ्न सकिन्छ ।’ कारबाही, पुरस्कार र शासकीय सुधारका सिफारिसहरू विस्तृत रूपमा दिइएकाले कार्यान्वयनमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार ११:५८